Sunday, May 3, 2026

मधेस प्रदेशभरिका जिल्लाहरुमा बाढी आउन सक्ने सम्भावना:-

ताजा / भरखरै प्राप्त

वर्षाका कारण देशका विभिन्न भागमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागका जनाएको छ ।

बिज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित तराई र पहाडी क्षेत्रका केही जिल्लामा आज बाढी र पहिरो जाने सम्भावना उच्च रहेको छ ।

बिज्ञान विभागले जारी गरेको सूचनामा बागमती, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ, रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, र सप्तरी जिल्लालाई उच्च सतर्कतामा रहन विभागले आग्रह गरिएको छ।

मनसुन सक्रिय भएर देशभर भारी वर्षा भइरहेकाले खोला, नाला र साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा पहाडी क्षेत्रमा भूक्षय र पहिरोको जोखिम समेत रहेको विभागले जनाएको छ ।
नदी किनार तथा डुबान क्षेत्र नजिक बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

सुरक्षाका लागि जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा बस्न, आवश्यक पूर्वतयारी राख्न र आपतकालीन सेवाको सम्पर्कमा रहन विज्ञहरुले सुझाव पनि दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles