Friday, July 11, 2025

सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौंको तस्करीको समान पक्राउ:

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगंज र बीरगंज भन्सार कार्यालयबाट खटिएको सयुक्त टोलिले पर्साका बीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर स्थित टाउनहल रोडमा रहेको BKC ईम्पेक्समा भारतबाट अवैध रुपमा भन्सार छली ल्याई भण्डारण गरी राखेको रु. ६,५९,७००,बराबरको तयारी कपडा बरामद गरी आवश्यक कारवाहीको लागि पर्साका बीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

साथै आजकै मितिमा सशस्त्र प्रहरी बल, नेपाल बि.‌ओ.पि. सिर्सियाबाट खटिएको टोलिले बीरगंज महानगरपालिका वडा नं. १० आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको रु. २,७९,१०५, बराबरको कपडा र किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालमा बुझाएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी देबेन्द्र बहादुर सिंह सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपीले जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles