Thursday, October 9, 2025

छिपहरमाई गाउँपालिकालाई उच्चको झटका:-

ताजा / भरखरै प्राप्त

छिपहरमाई गाउँपालिका लाई अदालतको झटका:बजेटको काम कारबाही अगाडी नबढाउनु अल्पकालिन अन्तरीम आदेश जारी ।

मंगलवार २०८२
उदेस पाण्डे
पर्सा! छिपहरमाई गाउँपालिकाको आर्थिक वर्ष ०८२/०८३ को निति तथा कार्यक्रम बजेटको काम कार्वाही अगाडि नबढाउनु नलगाउनु यथास्थितिमा राख्नु भने विपक्षीहरूको नाममा उच्च अदालतको माननीय न्यायधिस श्री गणेश ठाकुरकाे इजलासले आदेश दिएको खबर मधेश भ्युज लाई प्राप्त भएको छ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा गाउँपालिका उपाध्यक्ष लिलावती देवी कानुनले छिपहरमाई गाउँपालिका समेतलाई विपक्षी बनाई उत्प्रेषण मुदा दिएकी छिन
गाउँपालिका अध्यक्ष मनोज गुप्ता २०८२/०३/२१ गतेका दिन कानुन बमोजिम गर्नुपर्ने गाउँसभा गैरकानुनी रुपमा सम्बन्धित ब्यक्ति लाई थाहै नदिई एकलौटी ढंगले प्रस्तुत गरेका कारण न्यायिक लडाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता तथा उपा अध्यक्ष लिलावति देबी बिच सुरु भएको छ।
उच्च अदालत वीरगञ्जको ईजलास नं ७ बाट विपक्षीहरु लाई अहिले उक्त सभा बाट पारित गरिएको बजेट तथा संबन्धित कुनै पनि कार्य हाल लाई नगर्ने नगराउन भनेर विपक्षीहरुको नाउमा उच्च अदालतको नियमावली २०७३ को दफा ४२ (१) क बमोजिम अन्तरिम आदेश जारी भएको छ।
गाउँपालिका अध्यक्ष मनोज गुप्ता उक्त क्षेत्रमा एकलौटी रुपमा पेलेर हिँडिरहेको कुरा नाम गोप्य राख्ने शर्तमा एकजना वडा अध्यक्षले बताए उनका अनुसार अहिले छिपहरमाई गाउँपालिकामा शिक्षक अभावमा श्री महादेव मा बि मिर्जापुर स्कुल बन्द गरिएको छ। तर गाउँपालिका अध्यक्ष मनोज गुप्तालाई कुनै मतलब छैन विगत लामो समयदेखि गाउँपालिका अध्यक्षकै कारण छिपहरमाई गाउलालिका सामुदायीक बिद्यालय अस्तव्यस्त भएको छ। विगत लामो समयदेखि गाउँपालिका अध्यक्ष मनोज गुप्ता एकलौटी ढंगले अघि बढ्न थाले पछि न्यायिक लडाईमा पुगेको कुरा नाम गोप्य राख्ने शर्तमा एक जना वडा अध्यक्षले यस मधेश भ्युज लाई बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles