Sunday, April 19, 2026

तराई-मधेसीका किसानहरु ऋणमै डबेर पनि पानी नपाएर दु:खी:-

ताजा / भरखरै प्राप्त

यो वर्ष पर्याप्त पानी नपरेपछि, धान रोप्न नपाएका मधेस प्रदेशका किसानहरु चिन्तामा,छन् । बीउ ब्याडमै सुक्यो,
हालसम्म २० प्रतिशत मात्रै रोपाइँ भएका छन् ।

मधेस प्रदेशका जिल्ला भरिमा पर्याप्त वर्षा नभएपछि, धान लगाउन नपाएर किसान चिन्तित छन् । असार साउन लागिसक्दा पनि पर्याप्त पानी नपर्दा र सिँचाइका सुविधाकाे अभावले धान रोपाइँ नभएकाले अधिकांश किसानहरुको खेत बाँझै छ ।

लामो समयसम्म पानी नपर्दा सुकेका बिउ हेरेर बस्न बाध्य छन्” किसान । खडेरीको मारमा परेका छन्” किसान” असार बित्दा समेत खेती गर्न नपाउँदा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा छन्” किसान ।
सिँचाइको सुविधा नहुँदा खेती गर्न आकाशे पानीकै भर पर्नु पर्ने अवस्था रहेको छ । मधेसका कतिपय किसानले पोखरीबाट मेसिनका साथै पम्पसेट जस्ता उपकरणको प्रयोग गरी धान रोप्दा खर्च बढ्दै गएको र कुनै बेला मधेसको जिल्लाले अन्यत्र धान निर्यात गथ्र्यो भने अहिले पानीको अभावमा खेती समेत हुन सकेको छैन ।

धान कृषकका लागि असार उत्सव हो । पहिले असार १५ सम्म रोपाइँ सकिन्थ्यो, तर यस वर्ष पानी नपरेका कारण साउन लाग्दा समेत रोपाइँ हुन सकेको छैन । सिँचाइ सुबिधा नभएका कारण बिउ सुकेर गएको छ, कृषक दुखी छन् ।
मधेस प्रदेशमा हालसम्म २० प्रतिशत मात्रै रोपाइँ भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles