Thursday, July 31, 2025

अवैध क्रियाकलाप संलग्नमा रहेका १६ जना पर्सा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको मुख्य सिमा नाकाहरूमा सुरक्षा कर्मिहरूको कडाई चेकजाँच गर्ने गरेको विद्यमान अवस्थामा मुख्य नाका भन्दा भित्री सीमा नाकाहरूमा अवैध क्रियाकलापहरू बढेको सूचनाको आधारमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.२ जानकीटोल चोक स्थितमा लागु औषध सेवन गर्ने व्यक्तिहरू सिमानाकाको बाटो प्रवेश गरी विभिन्न किसिमका लागु औषधजन्य प्रतिबन्धित ट्याब्लेट, इन्जेक्सन, कोरेक्स लगायत सेवन गरी नेपाल प्रवेश पश्चात हो-हल्ला, झै-झगडा तथा सवारी दुर्घटना, विभिन्न अपराधिक गतिविधिहरूमा संलग्न हुने क्रियाकलाप दिन प्रति दिन बढ्दै गरेको हुँदा प्रहरीले विशेष अभियान नै सञ्चालन गरी यस कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको संयुक्त प्रहरीको टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरूलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा राष्ट्र सेवक प्रहरी कर्मचारीसंग नै अभद्र व्यवहार गरेको हुँदा निजहरूलाई यस कार्यालयमा ल्याइ सार्वजनिक शान्ति विरुद्ध अन्तर्गतको कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट दिन-१० ( दश ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरीले बताउँछन् ।
पक्राउ विवरण :
१) जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१७ बस्ने वर्ष २५ को सुजित पटेल ।
२) जिल्ला सिरहा धनगढीमाई न.पा.वडा नं.१० बस्ने वर्ष २८ को दिनेश कुमार श्रेष्ठ ।
३) जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१७ बस्ने वर्ष ३० राहुल यादव ।
४) ऐ.ऐ.वडा नं.२३ बस्ने वर्ष २७ को श्यामसुन्दर यादव ।
५) ऐ.ऐ.बस्ने वर्ष २४ ऐ.जे.दास ।
६) ऐ.वडा नं.२१ बस्ने वर्ष २५ को फिरोज अन्सारी ।
७) ऐ.वडा नं.२१ बस्ने वर्ष २३ को देवनारायण राम ।
८) जि.धनुषा छिरेश्वर न.पा.वडा नं.१ बस्ने वर्ष ३५ को जितेन्द्र कुमार यादव ।
९) जि.पर्सा वीरगञ्ज म.न.पा.वडा न.१३ बस्ने वर्ष २६ को सुमित कुशवाहा ।
१०) जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.२ बस्ने वर्ष २७ को नितेश मुखिया ।
११) जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ बस्ने वर्ष २९ को दिनानाथ पटेल ।
१२) जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२ बस्ने वर्ष २८ को मनुप अछामी ।
१३) ऐ.ऐ.बस्ने वर्ष २६ को टलक बहादुर के.सी. ।
१४) जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ बस्ने वर्ष २५ को दिपेन्द्र पासवान ।
१५) जि.पर्सा ठोरी गा.पा.वडा नं.४ बस्ने वर्ष २७ रोहन बुढाथोकी ।
१६) जि.पर्सा धोबिनी गा.पा.वडा नं.३ बस्ने वर्ष २९ को रिजवान हवारी रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles