

प्रहरी हवल्दारबाट सोही समुह तर्फको प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी बरिष्ठ हवल्दार राजन भट्टराईलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले दर्ज्यानी चिन्हद्वारा शुसोभन गर्नुभएको छ ।
कार्यक्रममा पदोन्नति हुनुभएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनुहुदै पदोन्नतिले थप जिम्मेवारी बढेसगै आफ्नो कर्तब्य उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।