
पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न रहेकोमा भारतीय नागरिकहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महराष्ट्र, कलकता, पश्चिम बंगाल घर भई पोखरा बस्ने ११ जनालाई पक्राउ गरेको कास्कीका प्रहरीले बताउँछन् । पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीय सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरू कालीगढ र सुनचाँदीकै काममा संलग्न भएको खुलेको छ ।
उनीहरूलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीयाले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भएका छन् ।
उनीहरूको साथबाट ५ सय ४९ तोला ४० लाल (६ किलो ४ सय ग्राम सुन), ४ सय ४४ तोला ७३ लाल (५ किलो ३ सय ग्राम) चाँदी र ५ लाख १४ हजार ६ सय ६५ रूपैयाँ बरामद भएको एसपी ओलीयाले बताउनु भएको थियाे ।