राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।
आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो ।
कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार पुगेको हो ।
टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीहरुले प्रवेशमा रोक लगाएगा छन् ।