Friday, August 15, 2025

मकवानपुर प्रहरीद्वारा ७ किलो ४५० ग्राम गाँजा सहित १ पक्राउ:

ताजा / भरखरै प्राप्त

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा नारायणगढबाट विरगंजतर्फ जादैं गरेको ना ७ ख ६९१ नं.को यात्रु बाहक बसमा सवार भई आएका जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. १२ तिरुवा बस्ने वर्ष २७ को रोहित चेपाङलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा ७ किलो ४५० ग्राम लागूऔषध गाँजा फेला परेको हुँदा उक्त लागूऔषध बरामद गरी निज रोहित चेपाङलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles