Sunday, April 26, 2026

हमासद्वारा बेपत्ता बनाइएका नेपाली नागरिक बिपिन जोशीको रिहाइका लागि उनका आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्न पुगेकी छन् ।

ताजा / भरखरै प्राप्त


भेटमा नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि उपस्थित थिए। आमा पदमाले आफ्नो छोरा निर्दोष भएको उल्लेख गर्दै मानवीय दृष्टिले रिहाइका लागि तत्काल पहल गर्न आग्रह गरिन्। बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरिन्।
राष्ट्रपति हर्जोगले गत ७ अक्टोबर २०२३ मा बिपिनलाई हमासले बन्धक बनाएको स्मरण गर्दै उनले बिपिनलाई आफ्नै नागरिकझैँ अनुभव गरिरहेको बताए। उनले बिपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर सक्रिय रहेको जानकारी दिए।
यस्तै, आमा–बहिनीले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरे।
ओहानाले नेपाल–इजरायलबीचको न्यानो मित्रवत् सम्बन्ध स्मरण गर्दै बिपिनप्रति गहिरो चासो रहेको बताए। उनले नेपाल सरकारसँग भएको छलफल र अन्तर्राष्ट्रिय पहलमार्फत बन्धकहरूको मुक्तिको लागि निरन्तर प्रयास भइरहेको बताए।
विशेष रूपमा, यो भेटवार्ता बिपिनको रिहाइप्रतिको अन्तर्राष्ट्रिय समर्थनलाई अझ बलियो बनाउन र नेपाल–इजरायल सम्बन्धको गहिरो मित्रता प्रदर्शन गर्न महत्वपूर्ण मानिएको छ ।
सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles