Monday, February 2, 2026

प्रहरी उपरीक्षकको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)हरिहर नाथ योगीज्यूको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार यस कार्यालयबाट काज सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखामा जान लाग्नु भएका प्रहरी उपरीक्षक हरिहर नाथ योगीज्यूलाई एक समारोहका बींच विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटारी उदयपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाई, यस कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी केदार मान दोङ, ईलाका प्रहरी कार्यालय बेल्टार र रामपुरठोक्सिलाका प्रमुखहरु, जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी हवलदार र प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles