पर्साको महानगर बिरगंजमा सावधानी अपनाउन्न आग्रह – वीरगन्जको मुर्ली टोलमा हैजा (कोलेरा) फैलिएको खवर छ । ३० जना उपचाररतमध्ये १६ वर्षीय बालकसहित ३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । केही बालकको अवस्था गम्भीर रहेको छ। दैनिक करिब १० जना बालबालिका बिरामी भएर आइरहेका छन्” तराई हस्पिटलका डा. रोशन कुर्मीले समयमै नियन्त्रण नभए भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य कार्यालयले खानेपानीको नमूना संकलन र सचेतनामूलक कार्यक्रम सुरू गरेको छ। हैजा रोकथामका लागि निर्मल पानी, पकाएर खानेकुरा, हातधुने र सफा शौचालय प्रयोग गर्न आग्रह गरिएको छ ।
पर्सामा दु:खत खवर ।


