तराईका सीमावर्ती जिल्लाहरुमा हुने अवैध धन्दा उजागर हुदै गएको छ ।
नेपालबहस संवाददाता ।
पर्साका वीरगञ्जमा १४ लाख १३ हजार ५ सय रुपैयाँसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्जको घुसुकपुरका ३९ वर्षीय संजय साह र बाराका ४१ वर्षीय शनि कुमार ठाकुर रहेको पर्सा प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको जनाएको छ ।
वीरगञ्जबाट बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
स्रोत खुल्न नसकेको उक्त रकम उनीहरुले हुण्डी कारोबारको रुपमा प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्साका प्रहरीले बताउँछन् ।


