Tuesday, September 16, 2025

रौतहटको सदरमुकाममा सुटकेशभित्र भेटिएको शवको पहिचान,भयो:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा भेटिएको महिलाको शव पहिचान भएको छ । उनी ३५ वर्षीया रुबिकुमारी साह भएको खुलेको हो ।शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।उनी रौतहट, माधवनारायण-६ कि हुन् र भारत मुजफ्फरपुरमा विवाह गरेर गएकी हुन् ।बच्चा पढाउन उनी गौरमा डेरा लिएर बसेको र दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् ।
पति भारतमै बस्ने बुझिएको छ । उनको हत्या भएको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles