Saturday, April 18, 2026

तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिन्छ:-

ताजा / भरखरै प्राप्त

उपसभामुख इन्दिरा राना मगरले तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छिन् ।
उनले हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना व्यक्त गरेकी हुन् ।
उनले भनेकी छिन्- ‘तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।’
भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले यस दिनलाई उत्सवका रुपमा मनाउने चलन छ ।पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजाआराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles