Sunday, September 14, 2025

रुबि हत्या प्रकरणका आरोपित पासवानले आफूलाई लगायो आगो:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएका छन् ।

राैतहट जिल्लाको माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हो । आगो बाट गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पतालतर्फ लगिएको राैतहटका प्रहरीले जनाएका छन् ।

गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि मुख्य संलग्न रहेको आरोप लागेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles