Sunday, September 14, 2025

नेपाल संघीय समाजवादी पार्टीद्वारा उखु किसानको सरकारसँग माग पुरा गर्न जोडदार दबाब:-

ताजा / भरखरै प्राप्त

किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम चालेको छ। किसानहरूको पीडा, उनीहरूको संघर्ष र मागलाई आत्मसात् गर्दै पार्टीले पूर्ण ऐक्यबद्धता जनाउनुका साथै तत्काल समस्या समाधान गर्न सरकारलाई कडा शब्दमा आग्रह गरेको छ।

आज माइतीघर मण्डलामा जारी आन्दोलनरत किसानहरूसँग एक्यबद्धता जनाउन पार्टीको प्रतिनिधि टोली पार्टीका केन्द्रीय उपमहासचिव जनक कार्कीको नेतृत्वमा पुगेको थियो। उक्त टोलीमा पार्टीका केन्द्रीय सचिव दिनेश पाख्रिन, बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङ, केन्द्रीय सदस्य राजेन्द्र रामसहित अन्य केन्द्रीय सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

उनीहरूले किसान आन्दोलनलाई समर्थन गर्दै किसानहरूको जायज माग तत्काल पूरा गर्न सरकारलाई कडा चेतावनी दिएका छन्। प्रतिनिधि टोलीले सरकारको लापरबाही र उदासिनताका कारण किसानहरू झन् दयनीय अवस्थाबाट गुज्रिनु परेको भन्दै सरकार अब पनि गम्भीर नभए पार्टी सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles