एजेन्सी
महिलाको आपत्तिजनक भिडियो खिचेको आरोपमा एक पाइलट पक्राउ परेका छन् । ती पाइलटले विभिन्न महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।यो घटना भारतमा भएको हो । आरोपित पाइलट ३१ वर्षीय मोहित प्रियदर्शी रहेको बताइएको छ । पक्राउ परेका मोहितको साथबाट एउटा ‘स्पाइ क्यामेरा’ बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्यामेरा लाइटर आकारको रहेको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको विवरण अनुसार दिल्लीको किशनगढमा मोहितले एक महिलाको भिडियो खिचिरहेका थिए । सोही क्रममा ती महिलालाई मोहितको गतिविधिप्रति शंका लाग्यो ।
ती महिलाले प्रहरी कार्यालयमा गएर उजुरी दिइन् । सोही उजुरीको आधारमा प्रहरीले मोहितलाई निकै मुस्किलले फेला पारेको बताइएको छ ।प्रहरीसमक्ष मोहितले महिलाहरूको आपत्तिजनक भिडियो खिच्ने गरेको स्वीकार गरेका छन् । व्यक्तिगत सन्तुष्टिका लागि आफूले यस्तो काम गरेको उनको भनाइ छ ।सार्वजनिक स्थलमा छोटो कपडा लगाएर हिँडेका महिला उनको निसानामा पर्ने गरेको प्रहरीले जनाएको छ ।यो खवर नव जनप्रहारबाट।