


पर्सा जिल्लाका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारअगाडी एक जना व्यक्तले गोली चलाएर एक जना महिलालाई घाइते बनाएका छन् ।
भारत घर भएकी करिब १८ वर्षीया निशा कुमारीमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएकी कुमारीलाई प्रारम्भिक उपचारपछि, थप उपचारका लागि वीरगञ्जमै रहेको न्युरो अस्पतालमा भर्ना गरिएको बताइएको छ।
घटनापछि तत्कालै प्रहरी टोलीले घटनास्थल वरपर घेराबन्दी गरी अनुसन्धान थालेको पछि, गोली चलाउने व्यक्तिलाई पर्साका प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रारम्भिक चरणमा गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान खुलेको छ ।
सिमावर्ती क्षेत्रमा निरन्तर भइरहेका आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको पर्साका प्रहरीले जनाएको छ ।
यस घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मिको सख्या बढाइएको छ।