धनुषा जिल्लाको जनकपुरकाधामका संजय टक्कला नामले चिनिने पूर्वराज्यमन्त्री संजयकुमार साह काठमाडौं ललितपुरको नख्खु जेलबाट रिहा भएका छन्। जेन्जी आन्दोलनका कारण सबै कैदीहरुलाई रिहा गरेपछि उनी पनि बाहिर निस्केका छन् ।
उनी १२ वर्षदेखि कैदमा रहेका थिए । उनीमाथि २०६९ सालमा जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेको थियो।
जेलबाट बाहिर निस्केपछि साहले आफू निर्दोष रहेको र दलको आडमा न्यायाधीशहरूले आफूलाई फसाएको दाबी गरेका
छन् । उनले जेन्जी आन्दोलनको पनि प्रशंसा गरेको बताइएको छ ।


