Thursday, October 9, 2025

बारामा हिजो मंगलबार भएको तोडफोड र आगजनीको विवरण:-

ताजा / भरखरै प्राप्त

· कलैया उपमहानगरपालिका को कार्यालयको अगाडि आगजनी र पालिकामा ३ वटा सवारीसाधन मा तोडफोड,
· विश्रामपुर गाउँपालिकामा तोडफोड तथा आगजनी
· जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित वडा कार्यालयमा आगजनी
· महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवको कलैयामा रहेको क्वाटरमा तोडफोड तथा आगजनी
· निजगढ नगरपालिकाका मेयरको घर अगाडि आगो बालेर प्रदर्शन
.निजगढ नगरपालिका र बिभिन्न वडा कार्यालयमा तोडफोड
· जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा तोडफोड र अगाडि आगजनी
· कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहको घर अगाडि प्रदर्शन
· उप प्रमुख रौशन प्रबिनको घरमा तोडफोड
· उपराष्टपति रामसहाय प्रसाद यादवको कलैयास्थित नवनिर्मित घरमा तोडफोड तथा आगजनी र सामानहरु लुटपाट
· बारा क्षेत्र –४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठको घरमा तोडफोड र आगजनी
· बारा क्षेत्र –३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको घरमा तोडफोड तथा आगजनी
· मधेस प्रदेश ३ क प्रदेश सभा सदस्य महम्मद समिरको घरमा तोडफोड
· ३ ख का प्रदेश सभा सदस्य रबिन्द्र दासको घरमा तोडफोड तथा आगजनी
· नेकपा पार्टी कार्यालय बारा अगाडि एक राउन्ड प्रहरीले आसु ग्यास प्रहार गरेको
· जितसिमरा उपमहानगरपालिका को कार्यालय अगाडि तोडफोड तथा आगजनी
. कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साहको घरघेराउ गरेपछि प्रहरीले ७ राउण्ड हवाई फाइरिङ्ग
. भुमि सुधार तथा मालपोत कार्यालय अगाडी आगजनी
. जिल्ला सरकारी वकिल कार्यालय बारा अगाडी तोडफोड
. जिल्ला प्रशासन कार्यालय बारा र प्रहरी कार्यालय अगाडी प्रदर्शन
. जिल्ला अदालत बारा अगाडी आगजनी
. जसपा नेपाल पार्टी कार्यालय तोडफोड
. नेपालि काँग्रेस पार्टी कार्यालय तोडफोड
. राप्रपा पार्टी कार्यालय तोडफोड
. सिमरास्थित वन कार्यालयमा तोडफोड तथा आगजनी
· आन्तरिक राजस्व ( कर ) कार्यालय पथलैयामा तोडफोड तथा आगजनी
. सिमरामा सरकारी गाडी तोडफोड तथा आगजनी
. इलाका प्रशासन् कार्यालय सिमरामा तोडफोड
. नेपालि काँग्रेस पार्टीका सहमहामन्त्री एवंम् पुर्व सांसद उमाकान्त चौधरीको घर तोडफोड
. कोल्हवी नगरपालिकाको कार्यालय तोडफोड
. संघीय सांसद अच्युत मैनालीको घर तोडफोड
. कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको घर तोडफोड
. कोल्हवी बजारको मुख्य चौकमा रहेको प्रहरी विटमा पनि क्षति भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles