Tuesday, September 16, 2025

देशैभरका कारागारबाट १३ हजार भन्दा बढी कैदी भागे:-

ताजा / भरखरै प्राप्त

हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दीसमेत फरार हुँदा घटनाका पीडित परिवारमाथि त्रास बढ्यो त्रास, केही ठाउँमा भने आफैं नजाने भन्दै कैदीबन्दी कारागारमै फर्किए, केही ठाउँमा भने कैदीबन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्, जेन–जीको प्रदर्शनपश्चात् मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दीहरु भागेका छन् । उनीहरू कारागारमा तोडफोड र आगजनी गर्दै भागेका हो, भने कतिपय कारागारका प्रशासनलाई दबाब दिएर कैदीहरु भागेका छन् । केही कैदी बन्दीहरु आफैं नजाने भन्दै कारागारमै फर्किएका छन् , भने केही कैदीबन्दीलाई बुधबार सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेलाई मंगलबार दिउँसो आन्दोलनकारीले कारागारबाट निकालेका छन् । त्यसपछि अन्य कैदीबन्दी पनि भागेका थिए । मंगलबार राति नख्खु कारागारबाट निस्केका कैदी सुन्धारास्थित केन्द्रीय कारागार आएर तोडफोड गरेर कैदीबन्दी भगाएको सुरक्षा स्रोतले जनाएको छ । केन्द्रीय कारागारमै भुटानी शरणार्थी प्रकरणमा पुपक्र्षमा रहेका नेता टोपबहादुर रायमाझी पनि भागेका छन् ।
यसैबीच केन्द्रीय कारागार सुन्धाराबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पनि
भागेका छन् । त्यसैगरी सहकारी ठगीमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछाने पनि नख्नु कारागारबाट निस्किएका छन् । उनलाई छुटाउन रास्वपा कार्यकर्ता मंगलबार चर्काे नाराबाजी गर्दै नख्खु कारागार पुगेका थिए ।
हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दीसमेत फरार हुँदा घटनाका पीडित परिवारमाथि त्रास बढेको छ । रौतहटको गौर कारागारबाट मात्रै कर्तव्य ज्यान मुद्दाकै १ सय बढी कैदी भागेका छन् । यस कारागारबाट २ सय ६० कैदी भाग्न सफल भएका छन् । कैद भुक्तान हुन दुई/चार महिना बाँकी रहेकाले आफैं नजाने भन्दै फर्किएर पनि आएको कारागार प्रशासनले जनाएका छन् । सुरुमा आन्दोलनकारी समूहको दबाबमा बाहिर जानुपरे पनि कानुनले तोकेअनुसार सजाय भुक्तान गर्ने भन्दै फर्किएको स्रोतले जानएको छ । राैतहट जिल्लाको गौर कारागार बाट भागेकामध्ये १३ जना बुधबार भारतको बैरगनियामा पक्राउ परेका छन् । कुल २ सय ९१ कैदीमध्ये २ सय ६० जना भागेका थिए । ३१ जना कारागारमै रहेका छन् । प्रमुख जिल्ला अधिकारी विनोद खड्काले भागेकामध्ये १३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको जानकारी गराएको हो। ‘यताबाट भागेर सीमापारि पक्राउ गरेकालाई जिम्मा लगाउने भनिएको छ । हामी भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरिरहेका छौं, उनले भने, ३१ जनालाई विभिन्न स्थानबाट हामीले नै नियन्त्रणमा लिएका छौं । अहिले कारागारमा ६२ जना कैदीबन्दीहरु रहेको छन् ।’ कर्तव्य ज्यानजस्तो गम्भीर अपराधमा सजाय भोगका धेरै रहेकाले व्यापक खोजी गरिरहेको प्रजिअ खड्काले बताएका छन् ।
काठमाडौं उपत्यकाका तीन कारागारमध्ये सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ हजार ३ सय, ललितपुरस्थित नख्खु कारागारबाट १ हजार ४ सय कैदीबन्दीहरु भागेका छन् । डिल्लीबजार कारागारबाट छाड्न माग गर्दै बुधबार आगजनी गरेर भाग्न लागेकामा नेपाली सेनाले गेटमै रोकेर अन्यत्र सारेको थियो ।
मंगलबार साँझ प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी फरार भएका छन् । आगजनीपछि उनीहरूले बन्दीगृह फोडेर सबै कैदीबन्दीलाई बाहिर निकालेको जेलर राजेन्द्र शर्माले जानकारी गराएका छन् । ‘आगजनीपछि कारागारमा सीमित संख्यामा रहेका सुरक्षाकर्मीहरुले नियन्त्रण गर्न नसक्ने स्थिति रहेको थियो उनले भने, ‘बन्दीगृहमा क्षति पुगेको छैन तर प्रशासनिक भवन पूरै क्षति भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles