नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले चितवनस्थित आफ्ना वृद्ध बाआमाको घरमा भएको आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन् ।
पौडेलले सामाजिक सञ्जालमा साझा गरेको भिडियोमा बताएका छन् कि ढुंगा हानेको कोठा उनको कान कम सुन्ने र ८२ वर्षिय आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि थियो।
“यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थेँ। बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी हुँदा नै यो घर बनाउनु भएको थियो,” उनले भने। उनले थपे, “अब मेरो बा ८७ वर्षको हुनुभयो। केही अघि स्वास्थ्य गम्भीर थियो, तर अहिले सन्चो हुँदैछ। यहाँका सन्तानहरू यही जन्मिएका हुन्।”
डा. पौडेलले आफ्नो जीवन र संघर्षको पनि उल्लेख गरेका छन्। उनले भने, “जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुन सक्छ। चितवनमा सधैं कक्षामा फस्ट हुन्थे। गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ। म नेपालमै बस्ने गरेर केयूमा प्राध्यापक भएँ।”
उनले आफ्नो रिसको बारेमा स्पष्ट पार्दै भने, “मेरो रिस मेरो भैसेपटिको घर जलाएर नपुगि, मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस।”
यो घटनाले गभर्नर पौडेलको व्यक्तिगत जीवनमा परेको असर मात्र नभई वृद्ध बाआमाको सुरक्षामा पनि चुनौती उत्पन्न भएको छ । नव जनप्रहारबाट ।


