


जिनजी समूहको आन्दोलनकाे क्रममा धेरै प्रहरी कार्यालय जलाउने काम भएको थियो, कार्यालय मात्रै जलेनन् सवारीसाधन र फर्निचर देखि नेपाल प्रहरीका लत्ताकपडा समेत जलेको थियो । यो भयावह अवस्थामा पनि चितवन जिल्ला स्थित इलाका प्रहरी कार्यालय चितवन भने जाेगिएको छ । कुनै क्षति भएको छैन । कार्यालयलाई जाेगाउन कार्यालयका प्रमुख प्रदिप महतको ठूलो याेगदान रहेको बताइएको छ । साथै कार्यालयका अन्य प्रहरीहरूकाे पनि स्थानीय बासिन्दासंगकाे राम्रो सम्बन्ध कायम भएको कारण नै यहाँ स्थानियहरुले समेत प्रहरीलाई साथ दिएका छन्” र कार्यालय जाेगिन पुग्यो । यही अवस्था अन्यत्र पनि प्रहरीको भैदिएकाे भए क्षति हुने थिएन कि?