Thursday, October 9, 2025

प्रधानमन्त्री शुसिला कार्कीज्यूको नेतृत्वमा पाँच जना नयाँ मन्त्री नियुक्त:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री शुसिला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीमा नियुक्त गरेको जनाइएको छ । आज आइतबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिज्यू मार्फत् शपथ ग्रहण गरेका मन्त्रीहरूले आफ्ना–आफ्ना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

नयाँ मन्त्री पाउनेमा अनिलकुमार सिन्हा उद्योग मन्त्रालय, संगीता कौशल मिश्र स्वास्थ्य मन्त्रालय, मदन परियार कृषि मन्त्रालय, जगदीश खरेल सञ्चार मन्त्रालय तथा महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको जनाइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा सम्पन्न यो मन्त्रिपरिषद् विस्तारसँगै सरकारले आर्थिक सुधार, जनस्वास्थ्यको स्तर उकास्ने, कृषि उत्पादन वृद्धिदेखि सूचना प्रवाह र विज्ञान–प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने अपेक्षा राखेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles