Thursday, October 9, 2025

महाराजगन्जका प्रहरीलाई कुटीकुटी हत्या गरेको आरोपमा प्रदर्शनकारी पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौंमा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जमा दुई प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको हो ।भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।
घटनामा संलग्न रहेको प्रमाणको आधारमा क्यापछाकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।प्रहरीका अनुसार घटनाको तस्बिर र भिडियो विश्लेषण गरेर संलग्नलाई पहिचान गर्ने कार्य जारी छ । तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएकामाथि हरुलाई पनि अनुसन्धान तीव्र पारिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles