Thursday, October 9, 2025

पर्सामा चाडपर्व सुरक्षित बनाउन विशेष सुरक्षा व्यवस्था:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रशासन कार्यालय पर्साले आगामी चाडपर्वलाई उल्लासमय, सुरक्षित र अनुशासित बनाउन विशेष सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

जिल्लामा शान्ति–सुरक्षा भंग गर्ने गतिविधि भएमा वा हुने आशंका देखिएमा तत्काल जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण वा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको प्रशासनले जानकारी दिएको छ।

पर्सा प्रशासनले चाडपर्वको अवसरमा अमन–चयन कायम राख्न सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको भन्दै सम्पूर्ण जिल्लावासीलाई सचेत रहन र सुरक्षामा सहयोग पु¥याउन आग्रह गर्दै हार्दिक धन्यवाद पनि गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles