Thursday, October 9, 2025

पाकिस्तानलाई हराउँदै भारत नवौंपटक एसिया कप च्याम्पियन:-

ताजा / भरखरै प्राप्त

भारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो ।पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक विजयी चौका प्रहार गरे ।

तिलक वर्माले सर्वाधिक अविजित ६९ रनको म्याच विनिङ पारी खेले । शिवम दुबेले ३३ रन बनाए । सन्जु सामसनले २४ रन बनाए ।सुरुवात राम्रो नभएपनि भारतका लागि तिलक वर्माले सन्जु सामसन र त्यसपछि शिवम दुबेसँग मिलेर साझेदारी बनाएका थिए । भारत २०-३ को कठिन अवस्थामा हुँदादेखि तिलकले सामसनसँग ५७ र शिवमसँग ६० रनको साझेदारी गरे ।

पाकिस्तानका फहीम अशरफले ३ तथा अबरार अहमद र शाहीन अफ्रिदीले १-१ विकेट लिए ।यता टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो । सुरुवात राम्रो गरेको भएपनि पाकिस्तान नाटकीय रूपमा विकेट पतन भएको थियो ।
एक समय १३औं ओभरमा ११३-१ को अवस्थामा भएपनि थप ३३ रन जोड्दा बाँकी सबै विकेट गुमाएको थियो । पाकिस्तानका लागि ओपनर शाहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए । फखार जमानले ४६ रन बनाए । सायम अयुबले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।भारतका कुलदीप यादवले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिए । जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिए ।
यसअघि पाकिस्तानविरुद्ध समूह चरण र सुपर फोरमा भएको खेलमा पनि भारतले जित निकालेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles