
२०८२ असोज १४ गते मंगलबार बेलुकी ५:२३ बजे नारायणी अस्पतालमा उनले छोरी जन्माइन्। असोज ११ गते शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्र.स.नि. भुलेन्द्र गिरी तथा मानवसेवा आश्रमका अभिभावक एवम् सामाजिक अभियन्ता प्रकाश थारुले अन्दाजी ३० वर्षीया आफ्नो नाम र थर स्पष्ट बताउन नसक्ने गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखामा पुर्याएका थिए।
असोज १४ गते बेलुकी ४ बजे पेट दुखेपछि उनलाई नारायणी अस्पताल लगिएको र ५:२३ बजे छोरी जन्मिएको आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिनुभयो।


