



घनुषा जिल्लाको जनकपुरधाममा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी ।
जनकपुरधाम उपमहानगरपालिका – २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ। दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप भएको बताइएको छ । दुई पक्ष बीच झडपमा ढुङ्गामुढा भएपछि, अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेका छन् । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेकले जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् । अवस्था बिग्रेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । साँझ ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको धनुषा प्रहरीले जनाइएको छ ।
गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो ।
भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँगै सद्भाव कायम गर्ने सहमति भएको थियो, बताइएको छ ।