पाँचथरको कार्तिके नजिकै तमोर नदी किनारमा आज बिहान गाडी दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार, सडकबाट गाडी खसेपछि घटनास्थलमा ठूलो संख्यामा स्थानीयहरु भेला भएर उद्धार कार्यमा जुटिरहेको जनाइएको छ ।
स्थानीय सागर ढकालले उद्धारका लागि तत्काल हेलिकप्टर वा एम्बुलेन्स पठाउन आग्रह पनि गरेका छन् । उनका अनुसार घटनास्थल जोखिमपूर्ण भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।
दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनामा प्रहरीको टोली परिचालन भइसकेको र थप विवरण संकलन भइरहेको जनाइएको छ ।