

पर्सामा रातिदेखि परिरहेको अविरल वर्षाका कारण सम्भावित जोखिमबाट सतर्क रहन पर्साका सर्वसाधारण तथा नागरिकहरुलाई सावधानी अपनाउन पर्साका प्रहरी प्रमुखले आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा एसपी सुदीप राज पाठकका अनुसार, वर्षा जन्य विपद् नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि पर्सा जिल्लाका सबै प्रहरी युनिटहरूबाट गस्ती टोलीहरू परिचालन गरिएको जनाइएको छ।
पर्सा प्रहरीले बाढी, पहिरो तथा जलमग्न क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सावधानी अपनाउन, उच्च स्थानमा बस्न र कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा नजिकको प्रहरी कार्यालय वा कन्ट्रोलरुमको नम्बर १०० मा सम्पर्क गर्न आग्रह पनि गरेको छ।
पर्सा जिल्लामा भइरहेको अविरल वर्षासँगै सम्भावित विपद् व्यवस्थापनका लागि पर्सा पर्साले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पर्साका प्रहरी प्रमुख एसपीले सुरक्षाकर्मीहरू चुस्त तयारी अवस्थामा रहेको र विपद् आउनसाथ तत्काल उद्धारमा खटिने व्यवस्था मिलाइएको बताएका छन् ।
पर्सा प्रहरी प्रमुखका अनुसार आफैंले जिल्लाका विभिन्न इलाकाको प्रत्यक्ष निरीक्षण गरेको र विशेष गरी शहरी क्षेत्र वीरगञ्जमा उद्धार टोली केही मिनेटमै परिचालन गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनले भने बिरगंजका स्थानीयवासीहरुलाई सतर्क रहन अनुरोध गर्दै भने, सुरक्षित बसौं, कुनै समस्या परेमा तुरुन्तै नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सहयोग लिने काममा नहिचकिचाउँ।
पर्साका स्थानीय सुरक्षाकर्मी तथा सशस्त्र प्रहरी बल, नेपालले पनि वर्षा जन्य सम्भावित जोखिम न्यूनीकरण र उद्धार कार्यका लागि संयुक्त रूपमा तयारी गरिरहेको बताएका छन् ।