






नेपाल प्रहरीले अमलेखगंजमा लाखौं मूल्य बराबरको प्रतिबन्धित पटाका बरामद गरेको बाराका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गतको इलाका प्रहरी कार्यालय अमलेखगंजले प्रतिबन्धित पटाका नियन्त्रणमा लिन सफल भएका छन् ।
बारा प्रहरीका अनुसार असोज २६ गते बिहान १२ बजेको समयमा अमलेखगंजका कार्यालयको चेकपोइन्ट अगाडि नियमित सवारी चेकजाँचका क्रममा उक्त पटाका बरामद गरिएको बताउँछन् । इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्षक सई.धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको यात्रुबाहक बस रोकी चेक जाँच गर्दा बसको डिकीभित्र लुकाइ–छिपाइ राखिएको प्रतिबन्धित पटाका फेला परेको प्रहरीले बताएको हो ।
बरामद गरिएको उक्त पटाकाको मूल्य एक लाख सात हजार रुपैयाँ बराबर रहेको बारा प्रहरीले बताउँछन् । आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखिएको जनाएको छ।
प्रहरीका अनुसार चाडपर्व नजिकिँदै गर्दा बजारमा प्रतिबन्धित पटाका, विस्फोटक वस्तु तथा अवैध सामग्रीको बिक्री–वितरण रोक्न विशेष निगरानी बढाइएको बताएका छन् । स्थानीयलाई पनि यस किसिमका जोखिमपूर्ण तथा गैरकानूनी गतिविधिबाट टाढा रहन र यस्ता वस्तुको कारोबार गर्नेबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सूचित गर्न अनुरोध पनि गरिएको प्रहरीले बताउँछन् ।
साथै, प्रहरीले आगामी तिहार पर्वलाई लक्षित गरी बारा जिल्लाका विभिन्न नाकाहरूमा सुरक्षा चेकजाँचलाई थप कडाइ गरिएको र यस्ता गैरकानूनी कार्यमा संलग्न रहेको जो कोही व्यक्तिहरूविरुद्ध कडा कानूनी कारबाही गरिने चेतावनी पनि दिएको बरा प्रहरीको भनाईं रहेको छ ।
बारा जिल्लाको अमलेखगंजमा लाखौं मूल्य बराबरको प्रतिबन्धित पटाका नेपाल प्रहरीले बरामद त गरेको छ, तर, यो, पटाका कुनै हवाई मार्गबाट उडेर आएको होइन , मोटरसाइकलमा साइकलमा वा टाउँकोमा छिमेकी देश भारत बाट गुरेर आउछ, यो, त सबै जनताले बुझेको हो, जबकि मधेस प्रदेशभरका सिमानामा सशस्त्र प्रहरी खटेका छन्” सशस्त्र प्रहरी तैनाथ छन् , कुनै नाका खालि छैन जस्तो मलाई लागेको छ, त्यस पछि नेपाल प्रहरीकै चाैकीहरु पनि छन्” इ दुई जना नमीली तस्करी हुदैनन् यो, जम्मै पटाका तस्करी भएर काठमाडौं सम्म पुर्याउने जिम्मेवारी तस्करले पाएका छन्” र तस्करहरुलाई सहयोग तराईका स्थानीय बिओपी,र प्रहरी चाैकीका प्रमुखहरुलाई, तस्करहरुले, केही लोभ दिएर तस्करी गरिरहेको छन् । स्रोतले जनाएको छ ।
कहिले बाराका प्रहरीले बरामद गरेको छ, त कहिले बाराका सशस्त्र प्रहरीले बरामद गरेको छ, त कहिले मकवानपुरका प्रहरीले लाखौं लाखको पटाका बरामद गरेका छन् । जबकि मकवानपुर जिल्ला तराईका जिल्ला सिमा नाकाबाट ६० किलो मिटर दुरीमा रहेको छ । तराईका सिमा नाकाबाट मकवानपुर पुग्नु भन्दा पहिा बिचमा कमतिमा १०, वटा सशस्त्र प्रहरीको र १०, वटा नेपाल प्रहरीको चेक जाँच गर्ने सुरक्षाकर्मीहरु खटेको हुन्छन् ।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गतको पर्ने इलाका प्रहरी कार्यालय अमलेखगंजमा प्रतिबन्धित पटाका लाखौं काख मुल्य बराबरको पटाका बरामद भएको छ । जब कि बारा जिल्लाका सिमाना नाकाबाट ४० किलोमिटर माथि दुरीमा रहेको छ, त्यो अमलेखगंज ।
हामी जनताले बुझनु पर्ने बिसय हो ।
प्रहरीका अनुसार चाडपर्व नजिकिँदै गर्दा बजारमा प्रतिबन्धित पटाका, विस्फोटक वस्तु तथा अवैध सामग्रीको बिक्री–वितरण रोक्न विशेष निगरानी बढाइएको प्रहरी र सशस्त्र प्रहरीले भन्दै गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थानीयलाई पनि यस किसिमका जोखिमपूर्ण तथा गैरकानूनी गतिविधिबाट टाढा रहन र यस्ता वस्तुको कारोबार गर्नेबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सूचित गर्न अनुरोध पनि गरेका छन् ।
साथै,आगामी तिहार पर्वलाई लक्षित गरी मधेस प्रदेशको जिल्लाहरुका विभिन्न नाकाहरूमा सुरक्षा चेकजाँचलाई थप कडाइ गरिएको र यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानूनी कारबाही गरिने चेतावनी पनि सुरक्षाकर्मी दिने गर्छन् ।