

मधेस प्रदेशका प्रहरी प्रमुखले
मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले सँगै प्रहरी नायव माहानिरीक्षक (डीआइजी) थपलियाज्यूद्वारा प्रदेश कार्यालय तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाले भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालयका मातहतमा रहेको कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
निर्देशन सम्बोधनको क्रममा वाहाँले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै वर्तमान राजनीतिक अवस्थामा पर्न सक्ने प्रभावहरुको विश्लेषण गरी प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्ने निर्देशन दिनुभएको छ ।
निर्देशन सम्बोधनको क्रममा वाहाँले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै वर्तमान राजनीतिक अवस्थामा पर्न सक्ने प्रभावहरुको विश्लेषण गरी प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्ने, प्रहरी कर्मचारीहरुको समुचित व्यवस्थापन गरी परिचालन गर्ने, नागरिकको आवश्यकता पहिचान गरी नागरिकलाई प्रहरीले गर्नु पर्ने व्यवहार र आवश्यकता अनुसारको सेवा प्रवाह गर्ने निर्देशन दिएका छन् ।
साथै नागरिकको सेवामा कुनै पनि किसिमको बिचौलियाहरुको प्रभाव पर्न नदिने गरी काम कारवाही गर्ने, विभिन्न धार्मिक समुहहरुबीच हुन सक्ने विवादहरुको सही तरिकाले समाधान गर्ने, सीमा क्षेत्रबाट हुने अबैध निकासी चोरी पैठारीहरु नियन्त्रण गर्ने , र प्रहरीको आन्तरिक शुद्धीकरण गर्नु पर्ने लगायतका विषयहरुको थप प्रभावकारी कार्यान्वयनका लागि निर्देशन समेत दिएका छन् ।


