Saturday, October 18, 2025

७०औँ प्रहरी दिवसको अवसरमा चारजना संचारकर्मि सम्मानित:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको ७० औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले गोरखापत्रका चार जना सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ ।
आज शुक्रबार आयोजित विशेष कार्यक्रममा गोरखापत्र दैनिकका बारा प्रतिनिधि शिवशङ्कर मिश्रा, कान्तिपुर टेलिभिजनका रमेश ठाकुर, रातोपाटीकी शारदा पोखरेल र नयाँ पत्रिकाका इन्दिप कोइरालालाई पत्रकारितामार्फत प्रहरी र समुदायबीच सहकार्यमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाएको बारा प्रहरीले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाराका जिल्ला प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले संयुक्त रुपमा उनीहरुलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
सोही अवसरमा रसुवा गढीमा ड्युटीमा खटेका बाराको फेटा गाउँपालिका १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुरको पहिरोमा ज्यान गुमाएकोले उहाँकी धर्मपत्नी गुन्जा ठाकुरलाई पनि सम्मान गर्नु भएको थियो । उहाँलाई दोसल्लासहित ‘प्रहरी विपद् तथा राहत कोष’बाट प्राप्त ६ लाख रुपियाँको चेक र ३५ हजार नगद सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
कार्यक्रममा जिल्लास्तरीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, स्थानीय अगुवा, तथा सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles