





मधेस प्रदेशमा बर्सेनि भित्रिन्छ पटका, तस्करी रोक्न किन सक्दैन सुरक्षाकर्मीहरु ?
जहिले पनि समाचार आउँदो रहे छ, मधेस प्रदेशका सुरक्षाकर्मीहरुको कडा प्रहार मधेस प्रदेशभरिका तस्करी संजालमाथि सुरक्षाकर्मीहरुको कडा प्रहार । ल हेर्नुस् कडाइकासाथ गरेको सुरक्षाकर्मीहरुको कडा प्रहार कस्तो रहेको छ।
प्रतीबन्धित पटका तस्करी गिरोहहरुले भारतबाट भन्सार छल्दै नेपाल भित्र्याइएका छन् । सुरक्षाकर्मीहरूले पटका त बरामद त गर्छन् । तर, सामान भित्र्याउने कार्यमा संलग्न व्यक्तिलाई भने सुरक्षाकर्मीहरु पक्राउ गर्न सकेको छैनन् । सुरक्षाकर्मीहरु भन्छन्, ‘हामीलाई देख्नेबित्तिकै सामान छाडेर त्यो व्यक्तिहरु भागेका छन् ’ रे। भारत–नेपाल सीमाको कमजोर सुरक्षा संयन्त्र र तस्करीको जालो,
खुला सीमाको फाइदा उठाउँदै साना–ठूला व्यापारीहरूले स्थानीय बासिन्दाले मोटरसाइकल र साना गाडीमार्फत पटका लुकाएर नेपाल भित्र्याउँछन् । मधेस प्रदेशभरिमा सय किलो मिटरको लामो खुला सीमामा सशस्त्र प्रहरीका दर्जनाै भन्दा बढी बीओपीहरु छन् । तर, २४ घण्टा निगरानी गर्न सक्ने स्रोत, उपकरण र जनशक्ति पर्याप्त छैन । जसले पटका लगायतका अन्य वस्तुको तस्करी सहज बनाएको देखिन्छ ।
मधेस प्रदेशभरिका विभिन्न नाकाबाट अवैध रुपमा प्रतिबन्धित पटका भित्रिरहेको छ, पटका कानुनी प्रतिबन्ध,छ, तर सामाजिक बेवास्ता सरकारले विस्फोटक पदार्थको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, बजारमा सहजै रुपमा पाइने वस्तुहरूकै कारण यो कानुनको प्रभाव कमजोर बनेको देखिन्छ ।
पटकामा रासायनिक तत्व (पोटासियम क्लोरेट, सल्फर र फस्फोरस) को मात्रा अत्यधिक हुन्छ, जसले आगलागी, जलन र विस्फोटका गम्भीर दुर्घटना निम्त्याउन सक्छ ।
तिहार रमाइलोको पर्व हो, तर रमाइलोका नाममा जोखिम निम्त्याउनु सामाजिक सोचको कमजोरी रहेको उनीहरुको ठम्याइ छ । बालबालिकाहरू ठूलो आवाज र झिलिमिली बत्तीलाई रमाइलो ठान्छन् । अभिभावकले पनि ‘पर्वको मजा’ भन्दै मौन सहमति जनाउँछन् ।
यही सहमतिको मूल्य धेरैले दुर्घटनामा चुकाएका छन् । हात पोल्ने, आँखा गुमाउने, आगलागीका घटनाहरू हुने र कतिपय अवस्थामा ज्यानै समेत गुमाएका उदाहरण छन् । तर, हरेक वर्ष यो उपक्रम दोहोरिरहन्छ ।
तिहार उज्यालोको पर्व हो, तर अहिले धुवाँ र विस्फोटको पर्व बनाउँदैछौं । यो हाम्रो संस्कृतिमाथिको गम्भीर आक्रमण पनि हो, विस्फोटक पदार्थ पड्काउँदा धुलो र धुवाँ वायुमण्डलमा मिसिन्छ, जसले वायु प्रदूषणको स्तर तीव्र रूपमा बढाउँछ ।
चिकित्सकहरुका अनुसार पटकाले श्वासप्रश्वासका बिरामी, बालबालिका र वृद्धहरूमा तत्काल असर गर्छ । ‘उज्यालोका नाममा हामी हावा कालो बनाइरहेका छौं । हाम्रो स्वास्थ्यमाथि हामी आफैँ खेलबाड गरिरहेका छौँ ।’
पटका तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय त देखिन्छ । तर तस्करी सञ्जाल झनै बलियो छ ।प्रहरी स्रोतका अनुसार, सीमामा दैनिक गस्ती बढाइएको छ, सूचना सञ्जाल सक्रिय पारिएको छ । स्थानीय तहसँग समन्वय गरी चेतना कार्यक्रम पनि अघि बढाइएको छ । ‘तर, पनि हाम्रा अभिभावकहरुलाई पटका पड्काउनु हुन्न भन्ने चेत आउनै सकेको छैन’, तस्करहरुलाई तस्करी गर्न बढवा दिएको सशस्त्र प्रहरी नै, हो,मधेस प्रदेशमा सिमानाका सशस्त्र प्रहरीको जिम्मेवारी छ, नेपाल प्रहरी पर्साले लाखौं लाखको पटका बरामद गरेको छ।सशस्त्र प्रहरी २४ घण्टा सिमामा नाकामा खेको हुन्छन् , पटका कसरी आयो, पर्साका वीरगन्ज महानगरपालिका मा । आम जनतालाई दुख दिने मात्रै काम गरेको छ, सशस्त्र प्रहरी पर्साले, पर्साका बिरगञज भन्सार मेन नाकामा ।