Sunday, October 19, 2025

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको निधन, दुईजना गम्भीर घाइते:-

ताजा / भरखरै प्राप्त

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कावासोतीतर्फबाट पश्चिम नवलपरासीतर्फ जाँदै गरेको GJ14Z6465 नम्बरको भारतीय बसले सोहि दिशाबाट आउँदै गरेको प्रदेश–३–०२–०१०–प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
मोटरसाइकल चालक सर्लाही जिल्ला, लालबन्दी नगरपालिका–४ निवासी ३४ वर्षीय नरेश चौधरी र उहाँकी श्रीमती ३० वर्षीया अनिता चौधरी तथा १० वर्षीय छोरा अनुज चौधरी दुर्घटनामा परि घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
घाइते तीनैजनालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा श्रीमती अनिता चौधरीलाई चिकित्सकले साँझ ४ बजेको समयमा मृत घोषित गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते नरेश चौधरीको छात्ती र टाउकोमा चोट लागेको छ भने छोरा अनुज चौधरी पनि गम्भीर अवस्थामा रहेको बताइएको छ। नरेश चौधरी हाल काठमाडौँमा प्रहरी सहायक हवल्दार (प्र.स.ह.) पदमा कार्यरत रहनुभएको बुझिएको छ।
दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको बस र बस चालकलाई प्रहरी चौकी तम्सरियाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles