Sunday, April 26, 2026

रौतहटबाट काठमाडौं जाँदै गरेको बस चितनमा दुर्घटना,३३ जना घाइते:-

ताजा / भरखरै प्राप्त

रौतहटको गौर र धनुषाको जनकपुरबाट काठमाडौंतर्फ गइरहेका दुई यात्रुबाहक बस चितवनको भरतपुर–९ स्थित टिकौली जंगलमा गएराती दुर्घटनाग्रस्त भएका छन् । दुर्घटनामा परी ३३ जना घाइते भएको चितवन प्रहरीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती करिब १ बजे रौतहटबाट काठमाडौं जाँदै गरेको प्रदेश–३–०३–००१ख ०१२३ नम्बरको बस अगाडि रोकिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएको थियो। त्यसपछि सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौंतर्फ जादै गरेको अर्को बा.प्र.०३–००१ख ३९०२ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको छ ।

दुर्घटनामा दुई बसका चालकसहित ३३ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले उद्धार गरी भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
अहिलेसम्म प्राप्त विवरण अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूः

१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०) – मध्यम
२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९) – मध्यम
३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२) – सामान्य
४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१) – मध्यम
५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७) – सामान्य
६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०) – सामान्य
७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह – मध्यम
८. धनुषा जनकपुर–१ का बसन्त झा (४६) – सामान्य
९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९) – सामान्य
१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४) – सामान्य
११. धनुषा जनकपुर–४ का आरुष कर्ण – सामान्य
१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७) – सामान्य
१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०) – मध्यम
१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११) – मध्यम
१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९) – मध्यम

नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरूः

१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०) – सामान्य
२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३) – सामान्य
३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१) – सामान्य
४. भारत मोतिहारीका सुनिल प्रसाद (३२) – सामान्य
५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५) – सामान्य
६. भारत मोतिहारीकी प्रिया जैशवाल (७) – सामान्य
७. भारत मोतिहारीकी कृती जैशवाल (४) – सामान्य
८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८) – सामान्य
९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१) – सामान्य
१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६) – सामान्य
११. रौतहट गरुडा–७ का विजय साह (५०) – सामान्य
१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०) – सामान्य
१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२) – मध्यम

भरतपुर अस्पतालमा उपचाररत घाइतेहरूः

१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०) – सामान्य
२. रौतहट दुर्गावती–२ का राजु दास (२५) – सामान्य
३. भारत मोतिहारीका महमद साहेब (२२) – सामान्य
४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९) – सामान्य
५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९) – मध्यम

चितवन प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । दुबै बसका चालकहरु सामान्य अवस्थामा रहेका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles