


मुग्लिङ्गका केही स्थानीय युवाहरूले मिलेर ऐतिहासिक मुग्लिङ्ग पुललाई सफा गर्ने पहल गरेका छन् , जहाँ हरेक दिन सयौं मानिसहरू फोटो र TikTok र भिडियो खिच्न आउँदो रहेका छन् । यस सरसफाइ अभियानलाई अझ विशेष बनाउने फ्रान्सका ६३ वर्षका एक पर्यटक दाइ र न्युयोर्ककी एक युवती पर्यटक पनि स्थानीयहरूसँगै स्वयंसेवक बनेर जोडिनुभएको छन् ।
सबै जना मिलेर पुलको हरेक कुनाको सफाइ गरेर चम्किलो र आकर्षक बनाएका छन् । यसले देखायो यदि इच्छा र सद्भाव छ, भने, सरसफाइ र सफा र सुन्दर वातावरण बनाउन सारा संसारका मानिसहरू एउटै परिवार बन्न सक्छन् ।


