

मधेश प्रदेशका प्रहरी प्रमुख मधेस प्रदेशको कार्यालय जनकपुरधामका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण सम्पन्न गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा डीआईजी थपलियाले कार्यालय परिसरभित्रका सबै शाखा, थुनुवा हिरासत कक्ष, ब्यारेक भवन लगायतका संरचनाहरूको अवलोकन तथा निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा डिआईजीले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन, कार्यालयको भौतिक संरचना, स्वच्छता र सेवा प्रवाहको अवस्था प्रत्यक्ष अवलोकन गरी सुधार गर्नुपर्ने पक्षहरूमा सुझाव र आवश्यक निर्देशनहरू समेत दिएका छन् । रौतहट जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीले बताएका छन्।
उक्त अवसरमा एसपी कार्की सहितका जिल्ला प्रहरी मातहतका सबै युनिट इन्चार्जहरूको उपस्थित रहेको थियो।
डीआईजी थपलियाले ब्रिफिङ सत्रमा मातहतका प्रहरी अधिकृतहरूलाई कानून कार्यान्वयनमा शून्य सहिष्णुता अपनाउन, नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन, र प्रहरी संगठनको अनुशासन तथा इमानदारीलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
रौतहट जिल्लाका सीमावर्ती जिल्लामा सुरक्षा चुनौतीहरू विविध र जटिल समस्या हुने भएकाले उच्चस्तरीय ध्यान दिन निर्देशन दिएका छन् ।


