गृह मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) अनु लामालाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयद्वारा बिहीबार प्रकाशित सार्वजनिक सूचनाअनुसार, इन्सपेक्टर लामा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत थिइन् । उनी असार २५ गतेदेखि २० दिनको घर बिदामा बसेकी थिइन्।
तर बिदा अवधि सकिएपछि २०८२ साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म समेत कार्यस्थलमा फर्किएको पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउनुहोला।


