





नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयबाट ०८२,०७,२१,गते सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगाल काठमाण्डौमा आयोगका माननीय आयुक्त डा. हरी पौडेल, श्रीमान सचिव नारायण प्रसाद शर्मा दुवाडी, महाशाखा प्रमुखहरु, प्रहरी नायव महानिरीक्षक शेखर खनाल, अधिकृतहरु तथा अन्य दर्जाका कर्मचारीहरु साथै आयोगमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा यस कार्यालयका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाको कमाण्डमा ६ (छ) जना प्रशिक्षक समूह खटिई गई अग्नी नियन्त्रण सम्बन्धी सैद्वान्तिक तथा प्रयोगात्मक अभ्यास समेत प्रदर्शन गरी “आगलागी नियन्त्रण सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम” सम्पन्न गरेको जनाइएको छ ।


