





नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह नवलपरासीमा तालुक नेपाल प्रहरी अस्पताल, कर्मचारी प्रशासन शाखा, महाराजगंजको चलानी नम्बर ११३७ मिति २०८२।०७।१४ गतेको काज आदेश पत्रले यस महाविद्यालयबाट नेपाल प्रहरी अस्पताल, महाराजगंज, काठमाण्डौ काज फिर्ता जान लाग्नु भएका प्राविधिक प्रहरी निरीक्षक डा. प्रशान्त घिमिरेलाई यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर ज.ब.रा. ले एक कार्यक्रमका बिच टिका, खादा तथा मायाको चिनो दिई फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा,नक्सालको चलानी नम्बर २८१७ मिति २०८२।०६।२८ गतेको सरुवा आदेश पत्रले इलाका प्रहरी कार्यालय मैनापोखर,बर्दियाबाट यस महाविद्यालयमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक राजेश कुमार तेली र नेपाल प्रहरी अस्पताल , महाराजगंज, काठमाडौंबाट यस महाविद्यालयमा काज खटिई आउनु भएका प्राविधिक प्रहरी निरीक्षक डा. सुदिप जयसवाललाई टिका तथा खादा लगाई स्वागत कार्यक्रम समेत भएको जनाइएको छ ।


