Monday, April 27, 2026

सशस्त्र प्रहरी वल पर्साद्वारा पोखरीमा डुबी मृत्यु भएको बालकको शव उद्धार :-

ताजा / भरखरै प्राप्त

महमद इस्लाम आलम, बीरगंज,कार्तिक २१ ।

मिति २०८२।०७।२१ गते १०:०० बजेको समयमा जि.पर्सा बीरगंज म.न.पा.२८ सिधुवाटोल स्थित छठिघाटको पोखरीमा जि.बारा विश्रामपुर गा.पा.५ मुसहरवा बस्ने कन्हाई साहको छोरा अं.बर्ष १२ को शनि कुमार साह डुबी मृत अवस्थामा फेला परेको भन्ने स्थानिय बासिन्दाहरुबाट जानकारी प्राप्त भए पश्चात सुरक्षा बेश बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक लोक बहादुर कार्किको कमाण्डमा ५ जना र स.प्र.वल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव यादवको कमाण्डमा ७ जनाको विपद उद्धार टोलीले उक्त शव बाहिर निकाली आवश्यक प्रकृयाको लागि नेपाल प्रहरीलाई बुझाईएको ।साथै उक्त स्थानमा वडा प्रहरी कार्यालय विर्ताबाट प्र.नि.नविन थापाको कमाण्डमा समेत टोली खटिएको ।

संयुक्त प्रयासमा उक्त पोखरीबाट बालकको शव बाहिर निकालिएको र आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles