





पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा जंगली हात्तीको आक्रमणमा परी एकजना ट्रक चालकको ज्यान गएको छ।
निजगढ नगरपालिका अन्तरगत १२ किलो र पसाहा पुलको बीचमा पर्सा राष्ट्रिय निकुञ्जको वन्यजन्तु क्रसिङ जोन वरीपरि निस्केको हात्तीले सवारी साधनमा आक्रमण गरि चालकको ज्यान लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले बताएका छन्। मृतक चालकको बारे विस्तृत विवरण आउन बाँकी छ।
हात्तिले WB73 G 9587 भारतीय नम्वरको माईक्रो बस र बा २ च ७९२८ नम्वरको पिकअप भ्यानलाईसमेत पल्टाईदिएको छ।
निरीक्षक लामिछानेका अनुसार भारतिय नम्बर प्लेटको फोर्स गाडीमा हात्ती पटकपटक फर्की पल्टिसकेको गाडीभित्र भएको सरसामानहरू खोजी, निकाली क्षति गर्नुकासाथै राजमार्गमा हिँडेका दर्जनौं गाडीको सिसा पनि फुटाईदिएको बताइएको छ।
नेपाल प्रहरी,नेपाली सेना, र सशस्त्र प्रहरीको टोलि खटिई हात्ती धपाउने पहल भैरहेको जनाइएको छ ।


