Tuesday, February 3, 2026

धनुषाको सदरमुकाम जनकपुरधाममा सात दलको प्रदर्शन सुरु:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको जनकपुरधाममा सात दलको विरोध प्रदर्शन सुरु भएको छ, र मुख्यमन्त्री सरोज यादवको राजीनामाको सात दलले माग गरका छन् ।

मधेश प्रदेशका राजधानी जनकपुरधाममा सात दलिय गठबन्धनले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सडकमा उत्रिएका छन् ।

मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका नेता, कार्यकर्ता तथा सांसदहरूले विरोध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले “असंवैधानिक मुख्यमन्त्री चाहिँदैन”, “एमालेको झोले सभामुख हटाऊ”, “जंगली मुख्यमन्त्री राजीनामा दे” लगायतका नारा लगाउँदै सडक तताएका छन्।

हिजो बेलुका मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्ने क्रममा मधेश भवन अगाडि सात दलका नेताहरूले विरोध जनाउँदा प्रहरीसँग झडप भएको थियो। उक्त घटनामा धेरै कार्यकर्ताहरु घाइते भएकक बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles