

असंवैधानिक प्रकृयाबाट मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्खास्त गर्न माग गर्दै मधेश भवन अगाडि आज ७ औं दिन शान्तिपूर्ण प्रदर्शन जारी रहेको जनाइएको छ ।
अबैध मुख्यमन्त्री सरोज यादवलाई बर्खास्त गर्न माग गर्दै ७४ जना प्रदेश सभा सदस्यहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् भन्ने नेपाली कांग्रेस,जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा,नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहित सात राजनीति दलका नेता तथा कार्यकर्ता र संघीयता रक्षकहरु सडकमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।


