





हिमपात र चिसोका कारण बिरामी भई उद्दार गरिएका उपचाररत प्रहरी कर्मचारीहरू तथा अन्य बिरामी प्रहरी कर्मचारीहरू एवम् आफन्तहरूसँग नेपाल प्रहरी अस्पतालमा भेटेर स्वास्थ्यस्थितिको जानकारी लिनुहँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्की ।
जिल्ला डोल्पा शे-फोक्सुण्डो गा.पा. १ मिजार गुम्बा स्थित इ.प्र.का. नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरू मिति २०८२।०७।२३ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय डोल्पाको लागी हिँडेकोमा अत्याधिक हिमपातका कारण निजहरूका खुट्टा सुन्निएर हिँड्न समेत कठिन भएको हुँदा निजहरूलाई ऐ.२८ गते नेपाली सेनाको हेलिकप्टरद्वारा डोल्पोबुद्ध गा.पा.न.१ धोबाट उद्धार गरी थप उपचार नेपाल प्रहरी अस्पताल काठमाडौंमा भईरहेको छ ।


