Thursday, November 20, 2025

सशस्त्रमा दरबन्दी थप भएपछि सशस्त्रमा बढुवाको तयारी:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल मा तल्लो तहका केही दरबन्दी कटौती गरी माथिल्लो तहका थप गरिएको छ । तीन डीआईजीसहितका दरबन्दी थप गरिएको हो ।थप गरिएका पदमा बढुवाको तयारी अघि बढेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको हो ।
जसमा प्राविधिक हवल्दार र असइका पद कटौती गरेर दुई डीआईजी, एक एसएसपी तथा केही एसपीको दरबन्दी थपिएको छ ।
सशस्त्र प्रहरीमा अहिले नै डीआईजीको एक दरबन्दी खाली छ ।
तीन थपिएसँगै चार रिक्त भएका छन् । जसमध्ये एक पद कानून निर्देशनालय अर्न्तगत भएकाले कानून सेवाकै एसएसपी युवराज अर्याल बढुवा हुने निश्चित छ ।

त्यस्तै, प्रशासनतर्फका तीन पदमा भने टक्कर हुने देखिन्छ । एउटा इन्टेलिजेन्स ब्यूरो र एउटा विपद् व्यवस्थापन निर्देशनालयमा डिआइजीको दरबन्दी थप भएको छ ।
एसएसपी कृष्णराज पाठक सबैभन्दा सिनियर हुन् । प्राविधिक सईबाट भर्ना भएका उनी कार्यसम्पादनमा कमजोर रहेकाले सधैं बढुवामा छुट्दै आएका छन्। तर, मुख्य प्रतिस्पर्धा सिंस ३ का एसएसपीहरुबिच हुनेछ ।
जासे ब्याचबाट दिपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजीमा बढुवा भइसकेका छन् ।
अब दिगविजय सुवेदी, कमल तिमल्सिना, किरण बस्नेत र राजेन्द्र खड्काबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles