
राैतहट जिल्लाको सीमापारी भारतबाट तस्करीको माध्यमबाट भित्रयाइएका २२ बोरा रासायनिक मल लोड भएका चार वटा मोटरसाइकल मैरा स्थित नहरको डिलबाट बरामद गरेको राैतहट प्रहरीले जनाका छन् । राैतहट प्रहरी अनुसार, गुजरा नगरपालिका–२ मैरा स्थित नहरमा प्रहरीले गस्ती गरिरहेका बेला प्रहरीलाई हेर्ना साथ मल लोड भएका चार वटा मोटरसाइकल छाडेर चालकहरु फरार भएको थियो प्रहरीले बताउँछन् ।
उक्त मल मोटरसाइकल हरु बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
सीमापारी भारतीय बजारबाट चोरबाट भएर नेपाल भित्रयाइएका उक्त रासायनिक मल ल्याउने तस्करहरु भित्री जंगलको बाटो भएर चन्द्रपुर तर्फ आईरहेको प्रहरीले विशेष सूचनाका आधारमा रंगपुर प्रहरी चौकीबाट प्रसनी जिवनराम धितालको कमाण्डमा खटिएका प्रहरी टोली मैरा स्थित नहरमा पुग्दा तस्करहरु भागेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी रुपा लाबुङले जानकारी दिएका छन् । मलसहित पक्राउ परेको मोटरसाइकल
ना.२४ प. ६२३२, विआर ३०० एन२७५२, विआर ३३ वाई ५३०२, र विआर ०५ एन ८९८३, उक्त नम्वरको चार वटा मोटरसाइकलमा २२ बोरा रासायनिक बरामद भएको बताउदै डिएसपी लाबुङले बरामद भएका रासायनिक मल सहित मोटरसाइकल आवश्यक कारवाहीका लागि राैतहटको गौर भन्सार कार्यालयमा बुझाएको र फरार भएका मोटरसाइकल धनिहरुको खोजी कार्य जारी रहेको राैतहटका डीएसपी रुपाले बताउँछन् ।


